दफा
सरोकारवालालाई सहभागी गराउनु पर्ने
(१) विधेयकको मस्यौदा तर्जुमाको- क्रममा सम्बन्धित मन्त्रालयले विषयविज्ञ र त्यस्तो ८ विधेयकबाट प्रत्यक्ष रूपमा प्रभावित हुने सरोकारवालालाई छलफलमा सहभागी गराई राय सुझाव लिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त राय सुझावको आधारमा : विधेयकको मस्यौदा परिमार्जन गरी सम्बन्धित मन्त्रालयले सर्वसाधारणको रायको लागि बिधेयकको मस्यौदा र देहायका विवरण आफ्नो वेबसाइटमा सात दिनदेखि तीस दिनसम्म उपलब्ध हुने गरी प्रकाशन गर्नु पर्नेछ:-

(क) कुन समस्या सम्बोधनको लागि: विधेयक तर्जुमा गर्नु परेको हो सोको कारण,

(ख) विधेयकको व्यवस्थाबाट मौलिक हक तथा मानव अधिकारको क्षेत्रमा पर्ने प्रभाव,

(ग) विधेयकको व्यवस्थाबाट पर्ने आर्थिक तथा वित्तीय प्रभाव,

(घ) बिधेयकको व्यवस्थाबाट दिगो विकासको लक्ष्य हासिल गर्न पुग्ने सहयोग,

(ङ) विधेयकको व्यवस्थाबाट सुशासन प्रवर्द्धनमा पर्ने प्रभाव,

(च) विधेयकको व्यवस्थाबाट जलवायु अनुकूलनमा पुग्ने/सहयोग, र

(छ) अन्य आवश्यक विषय।

(३) दफा ५.को उपदफा (२) बमोजिम विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमाको लागि नेपाल कानून आयोगलाई अनुरोध गरिएकोमा सो आयोगले उपदफा (१) र (२) बमोजिमको कार्य सम्पन्न गरी प्राप्त सुझावको आधारमा मस्यौदा परिमार्जन गरी सम्बन्धित मन्त्रालयमा पठाउनु पर्नेछ।